बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डेढ केजी बढी सुन र नगदसहित पक्राउ परेका चार नेपाली र ३ भारतीय सार्वजनिक

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । काठमाडौको न्युरोडमा भारतीय समूहलाई एक केजी ७ सय ग्रामभन्दा बढी सुन बिक्री गर्न लाग्दा प्रहरीले करिब डेढ करोड नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो ।

पक्राउ पर्नेमा ४ नेपाली र ३ भारतीय छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरेको हो ।

उनीहरूलाई अनुसन्धानको टोलीले शुक्रबार बिहान डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित पक्राउ गरेको थियो ।

काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका सूचनाको आधारमा प्रहरी टोलीले खोजी गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।

बिहीवार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट १ किलो ७ सय ६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमा दार्चुलाको महाकाली नगरपालिका३, टाँटेका ४७ वर्षिय गणेश दत्त बडु, झापाको बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नगरपालिका३ का २१ वर्षीय आयुष बहु, झापाको बिर्तामोड नगरपालिका ३ का २२ वर्षीय भातराज खोल छन्।

यस्तै, भारतको महाराष्ट्र राज्यको सांगली आटपाडी थानाका ३७ वर्षीय अमोल विभूत, सोही स्थानका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्।