बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

नक्कली परीक्षार्थी बनेर कक्षा १२ को परीक्षा दिएको आरोपमा एक जना पक्राउ

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । देशको राजधानी काठमाडौंमा कक्षा १२ को परीक्षा दिने एक जना नक्कली परीक्षार्थी फेला परेका छन् । उनी काठमाडौंको ठूलो भर्‍याङबाट पक्राउ परेका छन् ।

२३ वर्षीय आदेशजंग शाहीलाई आज ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको अवस्थामा प्रहरी पक्राउ गरेको हो ।

जाजरकोटको छेडागाड नगरपालिका ५ घर भई हाल शाही काठमाडौं बस्दै आएका थिए ।

शाहीले टंकबहादुर घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।