बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

शुक्रबार, बैशाख १४ २०८१

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपाालिका वडा नम्बर -३, गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु ‍‍भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल बिहिबार साँझ दुर्घटना भएको थियो ।

मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गुल्मीदरबार गाउँपालिका वडा नम्बर -४  भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् ।

उनको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।