शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईपिएलमा आज ः हैदराबादबिरुद्ध लगातार हार बेहोरेको बेङ्लोर मैदानमा उत्रदै

बिहिबार, बैशाख १३ २०८१

काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बेङ्लोर र हैदराबाद बिच हुनेछ । जारी सिजनमा बेङ्लोरले मात्र एउटा खेलमा जित निकाल्न सकेको छ । पञ्जाबबिरुद्ध जित निकालेको बेङ्लोर अन्य सात खेलमा हार्दै अंक तालिकाको पुछारमा रहेको छ । आज बलियो टोलिको रुपमा देखा परेको हैदराबादबिरुद्ध जित निकाल्न बेङ्लोर मैदानमा उत्रनेछ । यी दुई टोलि दोश्रो पटक भिड्न लागेका हुन् । यसअघि पच्चिस रनले हराउदै हैदराबादले बेङ्लोरलाई जितेको थियो । जुन खेल बेङ्लोरको घरेलु मैदानमा भएको थियो । बुधबार भने हैदराबादकोको घरेलुमा राति ७ः४५ बजे खेल सुरु हुनेछ ।

जारी सिजनको आईपिएलमा आजको ४१ औं खेल हो । यो सिजनको आईपिएलमा रोयल च्यालेन्जर्स बेङ्लोरको नबौँ खेल हो भने हैदराबादको आठौँ खेल हो । । हैदराबादले यसअघि खेलेको खेलमा पाँच जित र दुई खेलमा हार बेहोर्दैं दश अंकसहित तालिकाको तेश्रो स्थानमा छ ।