शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

टी २० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुग्याे

बुधबार, बैशाख १२ २०८१

काठमाडौं । टी २० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ ।

घरेलु टोलीसँग ५ खेलको टी-२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।

रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो । वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

दुई देशिय ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ । अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

सम्पूर्ण खेल १२:१५ बजेबाट शुरू हुने छ।

वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने अहिलेसम्मको सबभन्दा उच्च स्तरको टोली हो ।

नेपाल र वेस्ट इन्डिज दुवैले यो श्रृंखलालाई विश्वकप तयारीका रुपमा हेरेका छन् ।

विश्वकप अघि लय गुमाइरहेकाे नेपालकाे लागि याे महत्वपूर्ण खेल हुनेछ ।

वेस्ट इण्डिज ‘ए’ को टिम :

रोस्टन चेश (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।