शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आईपिएलमा आज ः दिल्लीबिरुद्ध हारको बदला लिने दाउमा गुजरात

बुधबार, बैशाख १२ २०८१

काठमाडौँ । १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा आज दिल्ली क्यापिटस र गुजरात बिच हुनेछ । जारी सिजनमा यी दुई टोलि दोश्रो पटक भिड्न लागेका हुन् । यसअघि छ विकेटले हराउदै दिल्लीले गुजरातलाई जितेको थियो । जुन खेल गुजरातको घरेलु मैदान अहमादाबास्थित नरेन्द्र मोदि स्टेडियमा भएको थियो । बुधबार भने दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपिएलमा आजको ४० औं खेल हो । यो सिजनको आईपिएलमा दिल्ली र गुजरात दुबैले नवौं खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलेको खेलमा चार जित र चार खेलमा हार बेहोर्दैं आँठ अंकसहित तालिकाको छैटौ स्थानमा छ भने दिल्लीले खेलेको यसअघिको पाँच खेलमा हार र तिन खेलमा जित निकाल्दै छ अंंकसहित तालिकाको आठौंं स्थानमा छ ।

हालसम्म दिल्ली क्यापिटल र गुजरात आईपिएलमा चार पटक भिडेका छन । दुई खेल दिल्लीले जितेको छ भने दुई खेल गुजरातले जितको छ ।