काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आसन्न दशौं परिषदको निर्वाचनमा रजिष्टर्ड अडिटर्सहरुको समूहमा नेपाल अडिटर्स एशोसिएसन (अडान) ले ४ जना उम्मेदवारहरु घोषणा गरेको छ ।
घोषणा भएका उम्मेदवारहरुमा तृत्तीय उपाध्यक्ष झलक मणि लम्साल, उपाध्यक्ष प्रदीप कुमार यादव, उप–महासचिव भरत कुमार श्रेष्ठ र सचिव हरि बहादुर कार्की हुनुहुन्छ । यहि जेष्ठ २५ गते हुने निर्वाचनमा उपत्यका बाहिर चाडैनै हुलाकबाट मतपत्र पठाइने कार्यक्रम रहेको बुझिएको छ भने काठमाडौं उपत्यकामा २०८१।०२।२५गते मतदान कार्यक्रम रहेको छ ।
उक्त चारै जना उम्मेदवारहरुले काठमाण्डौ उपत्यकामा उपलब्ध केन्द्र, प्रदेस र जिल्ला कार्यसमितिका पदाधिकारी एबं सदस्यहरुको उपस्थितीमा हर्षोल्लासका साथ आइक्यानमा उम्मेदवारी दर्ता गरिएका छन् ।