बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

गठबन्धनको परिस्थिति सहज छैन, कति दिनसम्म चल्छ भन्न सक्दिनँ : माधव नेपाल

सोमबार, बैशाख १० २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका छन् । यो गटबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको उनले बताए ।

सोमवार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे । अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको उनको जिकिर थियो । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको उनले बताए । वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका व्यक्त गरे ।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए ।