बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ

सोमबार, बैशाख १० २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

यस अघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेका थियो। तर जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेले जबरजस्ती करणी गरेको भए पनि पीडित किशोरीको उमेर “१८ वर्ष पूरा भएको” ठहर गरेको थियो।

लामिछानेले माथिल्लो अदालतमा जिल्ला अदालतको फैसलामा चित्त नबुझाइ पुनरावेदन गरेका हुन् । लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।