काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका १ मा रहेको वीरेन्द्र हिमतालमा हिमपहिरो खसेको छ ।
हिमपहिरो खसेपछि त्यहाँको स्थानीय खहरेमा ठूलो बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। बाढीले एउटा कच्ची पुल समेत बगाएको छ ।
स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।
सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो ।