काठमाडौं । काठमाडौँ महानगरपालिकले विद्यालयहरुले लिने भर्नामा कडाइ गरेको छ ।
महानगरले महानगरभित्रभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने जनाएको छ ।
महानगरले बिहीबार एक परिपत्र जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ।