बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बसको ढोकबाट खसेर मृत्यु

मंगलबार, बैशाख ४ २०८१

वालिङ नगरपालिका–१३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७ नम्बरको बसबाट खसेर सर्लाही मलंगवा नगरपालिका–६ घर भई स्याङ्जा गल्याङ नगरपालिका–१ खहरे बस्ने २० वर्षीय अमित साहको सोमबार बिहान मृत्यु भएको छ ।

बसबाट खसेर पछाडिको टायरले किच्दा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।