सिमारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो।
ट्यांकरले ठक्कर दिएको उनको उपचारको क्रममा परवानीपुरस्थित एलएस न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गत राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।