बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सोमबार, बैशाख ३ २०८१

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित राम बहादुर शाहीको ज्वाला ट्रेडसमा आइतबार दिउँसो आगलागी हुँदा करिब ४ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ वानस्टप मल अगाडि पार्किङ गरी राखेको प्रदेश १–०१–००१ च ९०९९ नम्बरको कारमा आइतबार दिउँसो आगलागी हुँदा कारको इन्जिनको भाग जलेर क्षति भएको छ । कास्कीको पोखरा महानगरपालिका–२९ तालचोकस्थित बिन्दवासिनी पेट्रोल पम्पमा रूपा गाउँपालिका–६ भीरचोक बस्ने २९ वर्षीय अतीत खडकाको ग.८ प ८२१८ नम्बरको स्कुटरमा पेट्रोल हाल्ने क्रममा अचानक उक्त स्कुटरमा आइतबार दिउँसो आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर क्षति भएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियाले बस्ने ६० वर्षीय डेराराज श्रेष्ठको घर, भान्सा घर र गोठमा आइतबार दिउँसो आगलागी हुँदा घर, भान्सा घर र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभाको सिलिचोङ गाउँपालिका–२ बाला चिर्खुवा बस्ने टेक बहादुर राईको गोठ र गोठ नजिकै रहेको ग्वालीमा आइतबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै आगो निभाउने क्रममा जलेर घाइते भएका टेक बहादुरलाई उपचारको लागि जिल्ला अस्पताल संखुवासभा लगिएकोमा थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।

भोजपुरको अरूण गाउँपालिका–६ सालघारी बस्ने सुवास राईको घर र गोठमा आइतबार बेलुकी आगलागी हुँदा घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद तथा गोठमा भएका २७ वटा खसी बाख्राहरू जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरीया माई मन्दिर नजिक वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख २६६२ नम्बरको मकै लोड गरेको ट्रकमा वायरिङ सर्ट भई गएराति आगलागी हुँदा ट्रकको अगाडिको भाग पूर्णरूपमा तथा पछाडिको भागमा सामान्य जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।