इलामको इलाम नगरपालिका–१ मिलगोलाईस्थित सडकमा मे.११ प ९१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका–९ बस्ने ४६ वर्षीया मनकुमारी लावतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रामेछापको मन्थली नगरपालिका–७ पोडेदहस्थित सडकमा बा.प्र.०१–००६ ख ३८३९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चालक गोकुलगंगा गाउँपालिका–३ रस्नालु बस्ने २० वर्षीय दिपेन्द्र भन्ने पबित्र बस्नेतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मन्थली अस्पताल रामेछापमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ