बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालकै सर्वाधिक विक्रि हुने ओ.पि.सि. सिमेन्टमा शिवम सिमेन्ट

सोमबार, बैशाख ३ २०८१

शिवम् सिमेन्ट नेपाली सिमेन्ट जगतमैसर्वाधिक विक्री हुने ओ.पि.सी. सिमेन्ट बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले हालसम्म सबैभन्दा बढी १३.३१ करोड बोरा ओ.पि.सी. सिमेन्ट विक्री गर्न सफल भएको हो ।

कम्पनीले अत्याधुनिक प्रविधि मार्फत आफ्नै खानीको चुन ढुंगाबाट उच्च गुणस्तरीयओ.पि.सी. सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । साथै शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी पनि हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ ।

शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।सन् २००३ मा मध्य नेपालको हेटौडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै आएको छ ।