बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

नुहाउने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

सोमबार, बैशाख ३ २०८१

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका –३ स्थित भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले बैशाख ०२ गते फेला पारेको छ ।

जाजरकोट जिल्लाको शिवालय गाउँपालिका –३ सिमा बस्ने २४ बर्षिय कमल बुढा गत चैत ३० गते उक्त नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं। ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ४ जना गोताखोर सहित आश्रित गुल्म जाजरकोटबाट १३ जनाको सुरक्षा फौज खोजिकार्यको लागि खटिएको थियो । गोताखोरले आज दिउँसो २ बजे डुबेको ठाउँबाट अन्दाजि ५० मिटर तलबाट उनको शव बाहिर निकालेको हो ।