काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको हो ।
श्रेष्ठका अनुसार चैत २७ गतेको प्रदर्शनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते डॅागीको छाउनी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।
उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।
स्व डॅागीको पार्थिव शरिर अन्तिम श्रद्धान्जलिका लागि अहिले १२:०० बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठले बताए ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको थियो । सोही क्रममा उनी घाइते भएका थिए ।