बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

सोमबार, बैशाख ३ २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। उनी लामो समयदेखि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको स्वकीय सचिवका रूपमा काम गर्दै आएका थिए ।

उनले सोमबार बिहान नेसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सन्जालमार्फत् जानकारी गराएका थिए ।