काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ ।
सरकारले संसदको चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेको छ । आज हिउँदे अधिवेशनको अन्तिम बैठकमा केन्द्रित रही संसदीय दलको बैठक बोलाइएको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्न माग गर्दै कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ । आजको सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे संसदीय समितिमा छलफल हुनेछ ।
प्रतिनिधि सभाको बैठक पनि वैशाख २ गते बिहान ११ बजे राखिएको छ ।