बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष ओलीले भने : कांग्रेसले संसद चल्न दिएन, अन्त्य हुन्छ

शुक्रबार, चैत्र ३० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।

प्रधानमन्त्रीसँग भेटेपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए।

अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोपसमेत लगाए।

बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने पत्रकारको प्रश्नमा जबाफ दिँदै उनले भने, ‘हैन, कांग्रेसले चल्न नदिएर हो।’
दिउँसो मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रचण्डले ओलीसँग छलफल गरेका हुन् ।

आजको क्याविनेटबाट हिउँदे अधिवेशन अन्त्यको तयारी छ ।