बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीमा परेर हुम्लामा एकजनाको मृत्यु

शुक्रबार, चैत्र ३० २०८०

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–८ रादेउमा एक जना पुरुषको आगलागीमा परेर मृत्यु भएको छ ।

लेखमा रहेको आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षिय हर्के ऐडीको बुधबार राति आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक नरेन्द्र चन्दले बताए ।

आफैँले तापेको आगो हावाहुरीले फिजाएपछि जलेर उनको मृत्युभएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रादेउ गाउँबाट कुरील्ला लेख पुग्न दुई घण्टा समय लाग्ने गर्दछ ।

ऐडीको आगलागीमा परेर मृत्युभएको जानकारी आउनसाथ सर्किदेउ प्रहरीचौकी ८ घण्टाको पैदल हिडेर राति नै घट्नास्थलमा पुगेर मुचुल्का गरेर शव घरपरिवार र आफन्तको जिम्मा लगाइएको निरीक्षक चन्दले बताउनुभयो ।

यस्तै भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेका छन् । भेडीगोठ नै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।