बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

अध्यक्ष ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदै

बिहिबार, चैत्र २९ २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदै छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले आफू त्यहाँ जान लागेको उल्लेख गरे ।

‘आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदै छु । ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।’ अध्यक्ष ओलीले भनेका छन् ।