काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् ।
एमालेको तर्फबाट विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी हुन् । उनीहरुले संसद भवन बानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
घिमिरेलाई सत्ता गठबन्धन मध्ये एकीकृत समाजवादी बाहेकको समर्थन छ।
नेकपा एसको पनि समर्थन जुटाउन तीन कम्युनिष्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ ।
यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो ।
माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्। ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा यही २८ गते हुँदैछ।