काठमाडौं । अर्थमन्त्री बर्षमान पुनका चालक नेपाल प्रहरीका प्रहरी हवल्दार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अंगरक्षक प्रहरी जवान सुन्दर सिंहलाई गाला फुट्ने गरि मन्त्रीको सचिवालयमै थप्पड हानेका छन्।
मन्त्री पुनका चालक प्रहरी हवल्दार उज्ज्वल भण्डारीले जवान सुन्दर सिंहले मलाई किन सलाम गर्दैनस् ? भन्दै गाला रातो हुनेगरी आज बिहान करिब साढे दस बजेको समयमा थप्पड हानेको एक प्रत्यक्षदर्शीले जानकारी दिए।
भण्डारीले सिंहलाई थप्पड हान्दा मन्त्री पुन आफ्नो कार्यकक्षमा थिए। घटनालाई सामसुम पार्न प्रयास भैरहेको बुझिएको।