बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आयरल्यान्ड ‘ए’सँग आज अन्तिम खेल खेल्दै नेपाल ‘ए’

आइतबार, चैत्र २५ २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ले आज अन्तिम खेल खेल्दैछ । खेल त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरू हुनेछ।

बुधबार भएको पहिलो एक दिवसीय खेलमा २१ रनले पराजित भएको नेपालले शुक्रबार भएको देस्रो खेल ११४ ले पराजित हुँदै सिरिज गुमाएको हो।सिरिजको पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५।३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३६ रनमा समेटिएको थियो।

दोस्रो खेलमा आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६।५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको थियो। नेपाल आइतबार सान्त्वना जितको खोजीमा हुनेछ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी-२० सिरिज यसअघि नै २-१ ले गुमाइसकेको छ। नेपाल ‘ए’ले एक दिवसीय सिरिजसमेत एक खेल अगाडि नै गुमाएको हो।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालको राष्ट्रिय टिम विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।