काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसममा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । अहिले कोशी, मधेशलगायत पहाडी भू-भागमा बदली भइरहेको छ ।
आज गण्डकी तथा कोशी प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ ।
आगामी २४ घण्टामा गण्डकीलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ । कोशी प्रदेशका साथै मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी भागका तराईका केही स्थानमा हावाहुरीको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सोमबार पहाडी भू-भागमा बदली हुनेछ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
त्यस्तै मंगलबार पहाडी भू-भागमा बदली हुनेछ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।