बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कस्तो रहला आज देशभरको मौसम ?

शनिबार, चैत्र २४ २०८०

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले गण्डकी र कर्णालीसहित पहाडी भू-भागमा बदली भइरहेको छ ।

आज पहाडी भूभागका केही स्थानमा बदली हुनेछ । गण्डकी र कर्णालीसहित पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू-भागका केही स्थानमा हावा-हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आइतबार पहाडी भू-भागमा बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।

त्यस्तै सोमबार पहाडी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।