बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सन्दीपको मुद्दामा आज पेशी

शुक्रबार, चैत्र २३ २०८०

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ।

रिट सुनुवाईका लागि उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा पेशी परेको छ ।

आज अदालतमा मुद्दाको पुनरावलोकन हुने की नहुने तय हुने छ। गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो।

सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ। सो निवेदनमा पनि आजै छलफल हुनेछ ।

अदालतले आजका लागि पेशी तोकेको छ।