बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आफ्नै हात, जगन्नाथ !

कोशीमा राज्यमन्त्री इन्दिरा थापाले सञ्चालन गरेको एनजीओलाई २ करोड

शुक्रबार, चैत्र २३ २०८०

विराटनगर । कोशी सरकारले आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले सञ्चालन गरेको गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट दिइएको छ ।

केयर वुमन नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ करोड ८० लाख र पार्क निर्माणका लागि २५ लाख रुपैयाँ बजेट पाएको हो ।

उक्त एनजीओको भवन राज्यमन्त्री थापाकी आमा दुर्गादेवीको नाममा रहेको जग्गामा निर्माण गरिएको छ ।

थापाले आफू अध्यक्ष रहेको एक संस्थाको घर सरकारी बजेटबाट बनाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

यो विषयमा प्रदेशको सार्वजनिक लेखा समितिले पनि छानबिन गर्ने गर्ने भएको छ । बिहीबार बसेको बैठकले यसबारे छानबिन गर्ने र सम्बन्धित मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको समितिका सभापति किशोरचन्द्र दुलालले बताए ।

राज्यमन्त्री थापाको संस्थाको नाममा पर्यटनसँगै भौतिक पूर्वाधार मन्त्रालयबाट पनि बजेट विनियोजन भएको विषयमा दुवै मन्त्रालयसँग जवाफ माग गर्दै पत्राचार गर्ने निर्णय भएको लेखा समितिका सभापति दुलालले बताए ।

२७ असोजमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसभित्र बिद्रोह गर्ने ८ जना सांसदमध्ये थापा पनि एक हुन् । डा.  शेखर कोइरालासँग निकट रहेकी थापा समानुपातिक प्रणालीबाट कोशी प्रदेशसभा सदस्य चुनिएकी हुन् ।

मुख्यमन्न्त्री कार्कीले बनाएको बजेटमा थापाले भवन निर्माण र पार्क निर्माणका नाममा बजेट पार्न सफल भएकी हुन् । केयर वुमनको नाममा पख्रिबास नगरपालिका ८ मा बनेको भवनको घर नक्सा पास नभएको पाइएको छ ।

प्रदेश सरकार र सङ्घीय सरकारसमेतबाट राज्यमन्त्री थापाले केयर वुमनको नाममा पटक पटक बजेट लगेको पाइएको छ ।

पाख्रिबास ४ मा २ करोड हाराहारीमा बनिरहेको भवन भने संस्थाकै नाममा छ । पाख्रिबास ८ मुगामा बनेको भवन भने आमाको नाममा भएको जग्गामा रहेको छ भने आमाको मृत्यु भइसकेको छ ।

दाजुहरु विदेशमा बस्ने भएकोले सो जग्गाको भोग चलन उनैले गर्दै आएकी छन् ।