बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देशभर बदली र केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

शुक्रबार, चैत्र २३ २०८०

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर बदली भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । देशभर बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शनिबार पहाडी भू-भागमा बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।

आइतबार पहाडी भू-भागमा बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।