शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एलजीको नयाँ बर्ष उपहार योजना

बिहिबार, चैत्र २२ २०८०

नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तररास्ट्रिय ब्राण्ड एलजीले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै नयाँ बर्षकोसुखद सुरुवात, नगद र उपहारको साथू; नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु.१ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्नेछन् ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् । साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (९ केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् । साथै ग्राहकहरुले हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टि.भी. जित्न सक्नेछन् । र कुनै पनि एलजी टि.भी को खरिदमा रु.१ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकबर्गहरुले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । ग्राहकहरुले लक्की ड्र र दुर्घटना बिमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ । यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।