बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

राष्ट्रियसभामा हानथाप सुरु

बिहिबार, चैत्र २२ २०८०

काठमाडौं – राष्ट्रियसभाको अध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भाइ नारायण दाहाललाई बनाएपछि उपाध्यक्ष को बन्ला भन्ने चासो देखिएको छ । माओवादी केन्द्रको कोटाबाट नै उपाध्यक्ष रहेकी उर्मिला अर्याललाई प्रचण्डले अध्यक्ष बनाउने चाहना राखेनन् । भाइलाई बनाउने भएपछि अर्याललाई शहीद बनाएका प्रचण्डले उपाध्यक्ष एमालेलाई दिन सहमति जनाएका थिए ।

एमालेको कोटाबाट उपाध्यक्ष आउने भन्ने लिखित सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नहुँदै एकीकृत समाजवादीले बखेडा झिकेपछि उक्त लिखित सहमति पनि हटाईएको छ । त्यसपछि अहिले एकीकृत समाजवादी र एमालेवीच कसले उपाध्यक्ष लिने भन्नेमा दावीविरोध देखिएको छ । समाजवादीेले अहिलेसम्म संवैधानिक कुनै पद नपाएको भन्दै दावी गरेको छ ।

गठबन्धनलाई सहज रुपमा लैजाने हो भने उपाध्यक्ष पाउनुपर्ने उसको दावी रहेको छ । उक्त दावीकै कारण पहिलो लिखित सहमतिलाई उल्टाएर एमाले र माओवादी केन्द्रलाई उपाध्यक्षको विषयमा मौन देखिएका छन् । एमाले र एकीकृत समाजवादीवीच उपाध्यक्ष कसले लिने सहमति भएपछि निर्वाचन प्रक्रिया आरम्भ हुनेछ ।

उपाध्यक्ष अर्यालले राजीनामा दिइसकेका कारणले संविधानतः प्रक्रिया टुंगो लगाउनुपर्ने व्यवस्था पनि रहेको छ । तर, अहिलेसम्म दुई पार्टीवीच छलफल भएको छैन । अनि, वालुवाटारमा संयुक्त छलफल पनि सुरु भएको थाहा छैन् । एमाले उस्तै परेमा उपाध्यक्ष छोड्न पनि तयार देखिएको छ । सभामुख आफ्नो पार्टीको भएको र एकीकृत समाजवादीका नेता कार्यकर्तालाई आकर्षित गर्न पनि एमालेले उपाध्यक्षमा एसलाई दिन सक्ने आंकलन भइरहेको छ । त्यसमाथि राष्ट्रियसभामा एसको उपस्थिति निकै बलियो रहेको छ । एसबाट ८ जना राष्ट्रियसभा सदस्य रहेका छन् ।

एमालेबाट १० जना रहेका छन् । त्यसैले, उपाध्यक्ष दिएर एसका सांसदहरुलाई फकाउन सकिने एमाले नेताहरुको बुझाई देखिन्छ । त्यसैले अहिले एमालेले उक्त पदमा खासै दावी गरेको छैन । अर्कातिर एमालेबाट उपाध्यक्षमा हुने सांसदहरुको चाहना पनि निकै देखिएको छ । यद्यपि, उपाध्यक्ष चाहिँ महिला नै बनाउनुपर्ने भएकोले एमाले र एसका महिला सांसदको चासो र दौडधुप निकै देखिएको छ । एमालेबाट उपाध्यक्ष हुने अवस्थामा विमला घिमिरेको बलियो दावी रहेको छ । एसले उपाध्यक्ष पाएको अवस्थामा गरिमा शाह बन्ने चर्चा पनि छ ।

शाहले मन्त्रीका लागि निकै दह्रो प्रयास गरेकी थिइन् । त्यसमा सफल भइनन् । कोटा कम भएका कारण भाग पु¥याउनै समस्या भइरहेका कारण एसले आफ्ना सांसदलाई समितिको सभापतिदेखि यस्तै पोजिसनमा दिएर फकाउने गरेको थियो । हुन त, उपाध्यक्ष जयन्ती राई पनि शाहको प्रतिस्पर्धामा छिन् । तर, राई संसदीय समितिको सभापति भएका कारण शाहले नै उपाध्यक्ष पाउने संभावना रहेको सिंहदरबारमा चर्चा चलेको छ । तर, अन्तिम समयमा माधव नेपालको मुडमा पनि भरपर्ने भन्दै अविश्वास पनि गरिरहेका छन् । साँघु साप्ताहिकबाट