बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आज यी पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाकाे संभावना

बिहिबार, चैत्र २२ २०८०

काठमाडाैं । आज कर्णाली, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो पहाडी भू-भागका केही स्थानमा बदली हुनेछ ।

आगामी २४ घण्टामा पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार सुदूरपश्चिमलगायत पहाडी भू-भागमा बदली हुनेछ । गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ ।

त्यस्तै शनिबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।