काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ ।
आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
टीयु क्रिकेट मैदानमा नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय खेल खेल्नेछ । तीन खेलको टी-२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २१ ले हराएको थियो ।
।
आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन् ।