हेटौंडा । हेटौंडा १२ स्थित मिलनचोकको एक गोठमा आगोलागी हुँदा २ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सोमबार स्थानीय सोनमायाँ घलानको गोठमा आगोलागी हुँदा उक्त धनमाल जलेर क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीकाअनुसार गोठमा रहेको २ वटा बाख्रा आगलागीमा परेर घाइते भएको र मानविय क्षति भने भएको छैन।
आगो प्रहरी, स्थानियबासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।