शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नयाँ वर्षमा रेड्मी नोट १३ सिरिजमा आकर्षक अफरहरू

मंगलबार, चैत्र २० २०८०

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा “नयाँ साल – नयाँ नोट” नामक विशेष अफर लिएर आएको छ जस अन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो ।

त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने शाओमीको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

नयाँ अफरको बारेमा चर्चा गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी आफ्ना ग्राहकवर्गका लागि नयाँ वर्षको अवसर पारेर नयाँ अफरहरु ल्याउन पाउँदा निकै खुसी छौं ।

रेड्मी नोट १३ मार्फत हामी नविन प्रविधिको पहुँच ग्राहकहरुमा पुर्याउन खोजिरहेका छौं । हामीलाई आशा छ यी अफरहरुले हाम्रा ग्राहकहरुलाई रेड्मी नोट सिरिजका स्मार्टफोन खरिद गर्न प्रेरित गर्नेछ ।”

रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि । ६ जिबि ¥याम + १२८ जिबी स्टोरेज र ८ जिबि ¥याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

शाओमीको यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध छ । चैत्र १९ गतेबाट सुरु हुने यो अफरको फाईदा उठाउनका लागि ग्राहक महानुभावहरुले वैशाख ९ गते भित्र नजिकैको एमआई स्टोर र शाओमीको आधिकारिक रिटेल स्टोरमा उपलब्ध छ ।
मूल्य तथा उपलब्धताः

रेड्मी नोट १३ः
मूल्यः रु २४,९९९ (६÷१२८ जिबि), रु २७,९९९ (८÷२५६ जिबि)
मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू

रेड्मी नोट १३ प्रोः
मूल्यः रु ३४,९९९ (८÷२५६ जिबि), रु ३९,९९९ (१२÷५१२ जिबि)
मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल

रेड्मी नोट १३ प्रो प्लस ५ जिः
मूल्यः रु ४७,९९९ (८÷२५६ जिबि), रु ५२,९९९ (१२÷५१२ जिबि)
मिडनाइट ब्ल्याक, मुनलईट ह्वाइट र औरोरा पर्पल

विशेष अफरः
रेड्मी नोट १३ सिरिजका कुनै पनि स्र्माटफोनको खरिदमा ग्राहकवर्गले रेड्मी बड्स ४ एक्टिभ निःशूल्क प्राप्त गर्न सक्नेछन् । साथै रेडमी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५ जि को खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो ।

Dear All,

Greetings from Global IME Bank !

Anticipating for Your Exclusive News Coverage on Your Esteemed Media

Please find attached herewith the press release regarding Global IME Bank collaborates with Aloi Pvt.Ltd. for Green financing.

Also, requesting you to share with us the link of the coverage.

 

 

Best Regards,

 

Sujan Pudasaini

Officer- Corporate Communication, CSR and Media

Global IME Bank Limited

Panipokhari, Kathmandu

Mobile: 9851111391

Tel: 01-4002503/05, Ext. 211

SWIFT: GLBBNPKA    I   www.globalimebank.com

 

                      ” The Bank for All”

 

Sujan Pudasaini <Sujan.Pudasaini@gibl.com.np>
to:
cc: Corporate Communication CSR and Media <corpcomms@gibl.com.np>