काठमाडौं । शनिबार बिहान काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्कर दिएर घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ७० वर्षीया लक्ष्मी तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।
उनी धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी थिइन् । पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।