बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

ट्याक्सी दुर्घटना अपडेट : मृतक किरिया बस्न गोरखा फर्कँदै थिए

शनिबार, चैत्र १७ २०८०

चितवन । काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् ।

प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् ।

पशुपति आर्यघाटमा  बुबाकाे अन्तिम स‌ंस्कार गरेर  किरिया बस्नकाे लागि गाेरखा फर्कँदै गर्दा छाेरासहित चढेकाे गाडी दुर्घटनामा परेकाे हाे ।

उनीहरु काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै थिए । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

बुबाको हिजो पशुपतिमा दाहसंस्कार गरी आज बिहानै गोरखाका लागि आउँदै गरेकाे बेला दुर्घटना गोरखा नगरपालिका-७ का वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताए ।

आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक उक्त दुर्घटना भएको हो ।