बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

त्रिशूलीमा ट्याक्सी खस्यो, एक बालकसहित पाँच जनाको मृत्यु

शनिबार, चैत्र १७ २०८०

चितवन ।  काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । आज बिहान ७ः१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक
बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।