काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमानी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको हाे ।
आज तोलामा २ हजार एक सय रुपैयाँले बढेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार प्रतितोला एक हजारपाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय २५ निर्धारण गरिएको छ ।