बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

शुक्रबार, चैत्र १६ २०८०

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

१८ चैत अर्थात् आइतबार बिहान बस्नेगरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रतिनिधिसभा बैठक चैत १८ गतेका लागि बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । सोही दिन बिहान संवैधानिक परिषद् बैठक बोलाइएको छ ।

विभिन्न संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद् बैठक बोलाइएको हो ।