बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

तीन प्रदेशमा आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना

बिहिबार, चैत्र १५ २०८०

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । अहिले देशभर बदली भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज पहाडी भू-भागमा बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शुक्रबार पहाडी भू-भागमा बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै शनिबार पहाडी भू-भागमा बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने महाशाखाको पूर्वानुमान छ ।