बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

बुधबार, चैत्र १४ २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् ।

लामालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले टोखाबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

उनका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।

उच्च अदालत पाटनले ०७७ फागुनमा चलाउनेमाथि कुटपिट गर्नेहरूबाट एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति भराउन भनेको थियो । उच्चले उनीहरूलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न भनेको थियो । धरौटी रकम नबुझाए थुनामै राखेर पुर्पक्षको काम गर्न भनिएको थियो ।