बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज मंगलबार भगवान गणेशको पूजा आराधना र स्मरण

मंगलबार, चैत्र १३ २०८०

काठमाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ ।

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।

भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो(आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भन्दा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न नहोस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन हो । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार केही काम गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्।
मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्दी भ्रमित हुने विश्वास छ ।

मंगलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी हुने विश्वास छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा क्रोधमा बृद्दी हुन्छ ।