काठमाडौं । कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ ।
सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आज निधन भएको हो ।
उनको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको बालिकाको उपचारमा सरोकार राख्दै आएका राजु सुवेदीले जानकारी दिएका छन् ।
‘सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन । तर, म अहिले पनि यहि सोचिरहेको छु । कान्ति आईपुग्दा भेन्टिलेटर पाएको भए सायद उनि बॅाच्न सक्थिन की रु यस्तो मैले मात्रै होईन, उनको परिवार र त्यहॅा देख्ने धेरैको मनमा पनि खेलेको छ । किनकी त्यतीबेला सुई लगाउॅदा रोक्ने र बाटोमा लगाएर ल्याएको अक्सिजन माक्स आफै तान्ने अवस्थामा मैले देखेकी उनि । कान्तिमा १ घण्टा अक्सिजनबिना होल्ड भएर फर्काईदॅा निस्पट बनेकी थिईन ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्याइएकी बालिकालाई कान्तिले भर्नै नगरी फिर्ता पठाएको थियो ।
सिकिस्त बालिकालाई भर्ना नै नगरी फर्काएपछि अस्पताल प्रशासनको चौतर्फी आलोचना भइरहेको छ ।