बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

धार्मिक अनास्था फैलाउन अमेरिकाले नेपालमा करोडौँ रुपैयाँ खर्च गरेको खुलासा

आइतबार, चैत्र ११ २०८०

काठमाडौं । नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकाले करोडौँ रुपैयाँ खर्च गरेको एक अमेरिकी सांसदले दाबी गरेका छन् ।

अमेरिकी सेनाका पूर्व भेटरान तथा फ्लोरिडाको प्रतिनिधित्व गर्ने सांसद ब्रिआन म्यास्टले सार्वजनिक रूपमा नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकाले पाँच लाख अमेरिकी डलर अर्थात् साढे ६ करोड बढी रुपैयाँ खर्च गरेको दाबी गरेका हुन् ।

नेपालमा सनातन धर्मप्रति अनास्था फैलाउन यत्रो रकम खर्च भएको दाबी उनले अमेरिकाको संसद्मै गरेका हुन् । ‘अमेरिकी करदाताको पाँच लाख डलर नेपालमा धार्मिक अनास्था फैलाउन किन खर्च गरियो रु के यो पैसाको सही प्रयोग हो ?,’ अमेरिकी संसद्मा बाइडेन प्रशासनलाई प्रश्न गर्दै उनले भनेका छन् ।

सांसद ब्रिआन म्यास्टले यो प्रश्न सांसद ब्रायन म्यास्टले अमेरिकी सरकारका व्यवस्थापन तथा स्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्मालाई सोध्नेका थिए । बर्माले भने त्यस्तो रकम खर्च नभएको भन्दै बचाउ गरे । सांसद ब्रिआनले भने बाइडेन प्रशासनले झुठो उत्तर दिएको दाबी गरे ।

नेपालमा धर्म परिवर्तन, हिन्दू तथा बौद्ध धर्मप्रति अनास्था फैलाउने क्रियाकलाप र इसाई धर्म प्रचारमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतबाट बर्सेनि ठूलो रकम खर्च हुँदै आएको आरोप लामो समयदेखि लाग्दै आएको छ । नेपालमा धार्मिक अनास्था फैलाउन, धर्म परिवर्तन र प्रचारमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू तथा अन्य निकाय सञ्चालनमा छन् । संस्थालाई धर्म परिवर्तनसम्बन्धी गतिविधि गरेको आरोप पनि लाग्ने गरेको छ ।

नेपाललाई २०६२र०६३ सालको राजनीतिक आन्दोलनपछि हिन्दूसापेक्ष धर्म विस्थापित गरी धर्म निरपेक्षता कायम गरिएको थियो । त्यसपछि देशमा अनेक प्रकारका डर, त्रास वा प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने होड नै चलेको हिन्दूवादी अभियन्ताहरू बताउँछन् । खासगरी विपन्न समुदायमा विभिन्न प्रलोभन देखाएर रातारात धर्म परिवर्तन गराउने क्रम चल्दै आएको उनीहरूको दाबी छ । छोराछोरी पढाइदिने, उपचार गराइदिने, जागिर लगाइदिने जस्ता प्रलोभन गरिब समुदायमा बिक्ने नै भयो । अहिले यही कारण पनि सनातनी धर्मविरुद्ध लाग्ने क्रम दिनानुदिन बढ्दो छ ।