बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

एमालेलाई समाजवादी मोर्चामा समेट्ने, छलफल गर्ने जिम्मा प्रचण्डलाई

शुक्रबार, चैत्र ९ २०८०

काठमाडौं । चारदलीय समाजवादी मोर्चामा प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) लाई पनि समेट्नेबारे छलफल भएको छ ।

शुक्रबार बिहान बालुवाटारमा बसेको मोर्चाको बैठकमा एमालेलाई पनि समेटेर जानेबारे छलफल भएको हो ।

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेबारे निर्णय भएका छ।

उनले भनिन्, ‘मोर्चामा एमालेलाई पनि भित्र्याउन अध्यक्ष केपी ओलीसँग छलफल गर्नको लागि अध्यक्षज्यूलाई जिम्मा दिइएको छ। उहाँसहित अन्य शीर्ष नेताहरूले एमालेसँग छलफल गरेपछि निष्कर्षमा पुग्छ।’

यसअघि नेपाली कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन हुँदा वामपन्थ र समाजवादी कार्यक्रममा विश्वास गर्ने दलहरूको उपस्थितिमा बनेको मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी थिए ।

गठबन्धन परिवर्तन भएसँगै एमालेलाई पनि समेट्ने प्रयास मोर्चाले गरेको हो ।