शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

घट्यो सुनको मूल्य, कति छ आज ?

शुक्रबार, चैत्र ९ २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार ५ सय तोकिएको छ ।

बिहीबार एकैदिन २६ सयले बढेर प्रतितोला एक लाख २७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १३ हजारले घटेर प्रतितोला एक लाख २६ हजार ५ सय पुगेको हो ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार ९ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २६ हजार २ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारको दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५५ ले घटेर एक हजार ५ सय तोकिएको महासङ्घले जनाएको छ ।