बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

महराको बयान आज सक्ने तयारीमा सिआइबी

बिहिबार, चैत्र ८ २०८०

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सक्ने योजनामा छ । ।

सरकारी वकिलको कार्यालयमा हिजोदेखि सुरु गरिएको बयान लिने काम आज सक्ने तयारी गरिएको हो । बयानका लागि महरालाई आज पनि नर्भिक अस्पतालबाटै सरकारी वकिलको कार्यालय लगिने छ ।

महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति मागिने सीआइबीले जनाएको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको नौ किलो सुन तस्करी गरेको गिरोहलाई सघाएको आरोमा सोमबार कपिलवस्तुबाट रोल्पा जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएपछि महरालाई काठमाडौं ल्याएर चार दिन म्यादसमेत थप गरेर अनुसन्धान अघि बढाइएको हो ।

सोही प्रकरणमा पहिले उन्मुक्ति दिए पनि गृह मन्त्रालय र सिआइबीको नेतृत्व फेरिएपछि महरालाई पुनः अनुसन्धानको दायरामा ल्याइएको हो ।

स्वास्थ्यको कारण देखाउदै महरालाई प्रहरी हिरासतमा नराखी अस्पतालमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि पाएको चार दिनको अनुमति आज सकिँदैछ ।

सोमबार अदालतको अनुमति लिँदा नै प्रहरीले महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको छ । मतियारको कसुरमा मुख्य कसुरदारको भन्दा आधा सजाय हुने कानुनी व्यवस्था छ ।